२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल !

  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असोज २३, २०७७
    चौताराः कोरोना पोजिटिभ आएको व्यक्ति आइसोलेसनमा नबसे सरकारले ६ महिना जेलमा हाल्ने भएको छ । पोजिटिभ आएका संक्रमित बाहिर हिडेको सूचना आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ती संक्रमतिलाई कारबाही गरिने बताए ।

    ‘पोजिटिभ आएका व्यक्ति आइसोलेसनमा नबसेको पाइएको छ । यस्तो अवस्थामा घर परिवार वा समुदायले अनुगमन गरेर खबर गर्नुहोला । आइसोलेसनमा नबस्नेलाई संक्रमाक रोग ऐन अनुसार ६ महिना जेल सजाय हुने छ । आइसोलेसनमा नबस्नेलाई पक्राउ गरेर सजाए दिन गृहमन्त्रालय र जिल्ला प्रशासनलाई भनेका छौं,’ उनले भने ।

    अनलाइन र फोनबाट आशिर्वाद लिनू

    सरकारले दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिन आग्रह गरेको छ । टीका थाप्नको लागि जाँदा कोरोना संक्रमण फैलने भन्दै सरकारले अनलाइन र फोनबाट  आशिर्वाद थाप्न आग्रह गरेको हो ।

    ‘कोरोनाका कारण मान्यजनबाट आशिर्वाद अनलाइन र फोनबाट लिऔँ,’ प्रवक्ता जागेश्वर गौतमले भने, संयमित भएर चाडपर्व मनाऔँ । भीडमाड नगरौँ । पुरानै सामनको प्रयोग गरौँ । कपडा किनमेल नगरौँ । घरमै पकाएर परिवार बसेर मनाऔँ,’ उनले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस