२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

गाउँपालिका महासंघ अध्यक्ष श्रेष्ठलाई काेराेना संक्रमण

  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असाेज २२, २०७७

    चौताराः राष्टिय गाउँपालिका महासंघका अध्यक्ष तथा सिन्धुपाल्चोक जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना पुष्टि भएको छ। अध्यक्ष श्रेष्ठलाई बिहिबार कोरोना पुष्टि भएको हो।

    अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेशबुकमार्फत आफुलाई कोरोना पुष्टि भएको जानकारी गराएका छन्।

    ‘अघिल्लो हप्ता भारतीय दुतावासबाट हस्तान्तरित एम्वुलेन्स लिने प्रक्रियाका लागि आएको म एक हप्ता अघि देखि काठमाडौं उपत्यकामै थिएँ । अस्ती देखि ज्यान दुख्ने, टाउको दुख्ने र हल्का ज्वरो आउन थाले पछि हिजो २१ गते स्वाव परिक्षण गरिएकोमा आज कोभिड १९ संक्रमण पोजिटिभ आएको छ’ उनले भनेका छन्।

    ‘अहिले काठमाण्डौंमा होम आइसोलेसनमै बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस विचमा मेरो सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु होला’, उनले भनेका छन्, ‘प्रशस्त तातोपानी पिउने, गुर्जो, बेसारपानी पिउने, वाफ लिनुका साथै कोठामा नै हल्का एकसरसाइज गर्ने काम गरिरहेको छु । छिट्टै नियमित काममा फर्कनेछु ।’

    सिन्धुपाल्चोकमा पहिला पटक जनप्रतिनिधिमा कोरोना पुष्टि भएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस