२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

हालसम्मकै धेरै ४३ सय ६४ कोरोना संक्रमित थपिए

  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असोज २२, २०७७
    चौताराः नेपालमा कोरोना भाइरसका हालसम्मकै धेरै चार हजार ३६४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३६४ संक्रमित थपिएका हुन् ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ६७५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्‍वारेन्टिनमा रहेका छन् ।

    देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

    कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस