२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सिन्धुपाल्चोकमा थप १३ मा कोरोना पुष्टि

  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असोज २२, २०७७
    चौताराः सिन्धुपाल्चोकमा थप १३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले सिन्धुपाल्चोकमा थप १३ जनामा कोरोना संक्रमण भएको बताए।

    योसँगै सिन्धुपाल्चोकमा २ सय जना कोरोना संक्रमित पुगेका छन्। बुधबार सिन्धुपाल्चोक जिल्लामा थप ११ जनाको कोरोना पुष्टि भएको थियो। संक्रमितमध्ये १ सय २१ जना निको भएर फर्किएका छन्।

    सिन्धुपाल्चोकमा ५६ आइसोलेन र ८ सय ९८ क्वारेन्टाइन बेड रहेका छन्। सिन्धुपाल्चोकमा हालसम्म ४ हजार १ सय ३३ जनाको स्वाब संकलन र ४ हजार १० जनाको परिक्षण गरेको छ।

    सिन्धुपाल्चोकमा कोरोनाबाट हालसम्म ६ जनाको मृत्यु भएको छ। कोरोनाबाट नेपालमै पहिलो मृत्यु सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चेमा भएको थियो। देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ०७ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस