२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सिन्धुपाल्चोकमा १९१ कोरोना संक्रमित, १२१ निको भएर घर फर्किए

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • असोज २१, २०७७
    चौताराः जिल्ला स्वास्थ्य कार्यालयको अनुसार सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ। संक्रमितमध्ये १ सय २१ जना निको भएर फर्किएका छन्।

    सिन्धुपाल्चोकका ६४ कोरोना संक्रमित उपचारको क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्ता चापागाईले जानकारी दिए। हाल सिन्धुपाल्चोकको आइसोलेसनमा २६ र क्वारेन्टाइनमा १५ जना रहेका समेत उनले बताए। अन्य कोरोना संक्रमित जिल्ला बाहिरको आइसोलेसनमा रहेको उनले जनाए।

    सिन्धुपाल्चोकमा ५६ आइसोलेन र ८ सय ९८ क्वारेन्टाइन बेड रहेका छन्। सिन्धुपाल्चोकमा हालसम्म ४ हजार १ सय ३३ जनाको स्वाब संकलन र ४ हजार १० जनाको परिक्षण गरेको उनले बताए।

    सिन्धुपाल्चोकमा कोरोनाबाट हालसम्म ६ जनाको मृत्यु भएको छ। कोरोनाबाट नेपालमै पहिलो मृत्यु सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चेमा भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस