असोज २१, २०७७
चौताराः भोटेकोसी गाउँपालिकाले चौरीगोठबाट सुत्केरी हेलिकप्टरबाट उद्धार गरेको छ। भोटेकोसी १ बगाम की ३८ वर्षीया दालामु शेर्पाको सुत्केरी भएर अत्यधिक रक्तश्राव भएपछि गाउँपालिकाले आफ्नै खर्चमा उद्धार गरेको हो।
बगामको चौरी गोठमा बच्चालाई जन्म दिएकी उनलको अत्याधिक रक्तश्राव भएपछि उद्धार गरेर काठमाडौँ पठाएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए। रक्तश्राव नरोकिएकाले जीवन रक्षार्थ तत्काल उद्धार गरेको उनले बताए।
बच्चा जन्मेपछि पनि रक्तश्राव नरोकिएपछि स्थानीयले स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । दुई घण्टा हिडेर स्वास्थ्यकर्मी पुगेर सुत्केरीको अवस्था निकै जटिल देखेपछि गाउँपालिकामा खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस