२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मजदुरमा कोरोना देखिएपछि तातोपानी नाका फेरि बन्द

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • असोज २१, २०७७
    चौताराः नेपाल चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका एक दिन सञ्चालनमा आएर बन्द भएको छ। कन्टेरनमा सामान लोडअनलोड गर्ने मजदुरमा कोरोना पुष्टि भएपछि तातोपानी नाका एक दिन सञ्चालनमा आएर बन्द भएको हो।

    मजदुरको नेपालको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो। तर, चीनमा पुनः कोरोना परिक्षण गर्दा पोजेटिभ आएपछि नाका फेरि बन्द भएको हो। कन्टेनरमा सामग्री लोड गर्ने ३ जना मजदुरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

    तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकोले सोमबारका लागि आयात बन्द भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

    ‘मजदुरमा कोरोना संक्रमण देखिएपछि थप फैलन सक्ने भएकोले दुवैतर्फ छलफल भइरहेको छ। सामग्री आयातको मोडालिटीमाथि छलफल भइरहेको छ। नाका छिट्टै नियमित रूपमा सञ्चालनमा आउँछ’ उनले भने।

    कोरोनाको जोखिम बढ्दै गएपछि चीनले नाका बन्द गरेको थियो। तर, १३ असोजमा नेपाल–चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा कोरोना भाइरससँग उच्च सतर्कता अपनाएर नाका सञ्चालनमा ल्याएको थियो। आइतबार एक दिन खुलेर सोमबार बन्द भएको छ।

    खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दशैँअघि काठमाडौं पुर्‍याउने योजनामुताबिक दुवै देशको सहमतिमा नाका खुलेको थियो। आइतबार नाकाबाट १२ वटा कन्टेनर भित्रिएका थिए।

    ०७२ सालको भूकम्पछि तातोपानी नाका निरन्तर रुपमा खुल्न सकेको छैन। भूकम्पअघि तातोपानी नाका दैनिक दुई करोड भन्दा धेरै राजस्व संकलन हुने गरेको थियो। भूकम्पपछि सडक संरचनामा क्षति, भोटेकोशी बाढी, न्यालम क्षेत्रको ताल फुट्ने जोखिम लगायतको कारणले नाका सञ्चालनमा अवरोध हुँदै आएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस