असोज २०, २०७७
मेलम्चीः चाडपर्वलाई लक्षित गर्दै ईलाका प्रहरी कार्यालय मेलम्चीले सोमबारबाट सवारी चेकजाँचको कामलाई बढाएको छ। चाडपर्वको बेलामा दुर्घटना बढ्नसक्ने खतरालाई मध्यनजर गर्दै सवारी साधन चेकजाँचको कामलाई अगाडि बढाएको हो।
मेलम्ची नगरपालिका १२ बाहुनेपाटीमा प्रहरीले एक कार्यक्रम गर्दै यातायातको साधनको चेकजाँच लाई सुरु गरेको हो। चाडपर्व नजिकिदै गर्दा यातायातका साधनहरुको अत्यधिक चाप हुने भएकाले चेकजाचलाई कडाई गरेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङ्ले बताए।
चाडपर्वको समयमा यातायातमा यान्त्रिक समस्या धेरै आउने हुनाले यसलाइ न्युनिकरण गर्न चेकजाँचको काम अगाडि बढाइएको उनले बताए।
दुर्घटना हुन नदिन यातायातका साधनहरु बेला बेला चेकजाँच गर्नैपर्ने मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल बताइन्। यातायातका साधनहरुले आफ्नो क्षमता अनुसार मात्र यात्रु तथा सामान बोक्न आग्रह समेत गरिन्।
प्रतिक्रिया दिनुहोस