२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

जम्मु-कश्मीरमा भीडन्त : दुई भारतीय सैनिकको मृत्यु

  • २०७७ आश्विन २०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • असोज २०, २०७७
    एजेन्सीः भारत प्रशासित जम्मु र काश्मिरको पुलवामा जिल्लाको पामपोरमा आतंककारीहरूले हमलामा परी दुई भारतीय सैनिकको ज्यान गएको छ।

    आक्रमणमा सिआरपिएफका ५ सुरक्षाकर्मी घाइते भएका र २ जनाको उपचार क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बाँकी जवानको उपचार भइरहेको छ। पामपोर बाइपासमा दिउँसो करिब १ जबेजितर आक्रमण भएको थियो।

    आतंककारीहरूले सिआरपिएफ र जम्मु कश्मीरका ११० बटालियन तथा प्रहरीलक्षित गरी हमला गरेका थिए। उक्त क्षेत्रलाई नाकाबन्दी गरी आतंककारीहरूको खोजी भइरहेको सञ्चारमाध्यमहरुले जनाएका छन्।

    पुलवामा जिल्लाको अवन्तिपोराको सम्बुरा इलाकामा सेप्टेम्बर २७ मा आतंककारी र भारतीय सुरक्षा फौजबीच पनि भीडन्त भएको थियो। उक्त भीडन्तमा परी २ हमलाकारी मारिएका थिए भने एक प्रहरी घाइते भएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस