२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

खुल्यो तातोपानी नाका, १२ कन्टेनर भित्रिए

  • २०७७ आश्विन १९, सोमबार मा प्रकाशित ४ साल अघि
  • असोज १९, २०७७
    चौताराः नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन सुरु गरेको छ।

    आइतबार १२ कन्टेनर कपडा र कच्चा पदार्थ बोकेर आएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले  चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए।

    ती सामान तातोपानी सुक्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ। भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ।

    कोरोना भाइरस सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ। यसैबीच असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुने भएको छ।

    चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो। नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस