२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

सरकारले भन्यो : काठमाडौं कोरोनाको उच्च जोखिममा छ, नआउनू

  • २०७७ आश्विन १८, आईतबार मा प्रकाशित ४ साल अघि
  • असोज १८, २०७७
    काठमाडौंः उपत्यकामा कोरोना संक्रमण दर तीव्र दरमा बढिरहेकाले जिल्लाबाहिरकालाई नआउन सरकारले अनुरोध गरेको छ।

    उपत्यका आउनै परे जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्रै आउनका लागि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आग्रह गरेका छन्। नेपालमा संक्रमित संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा पनि बढाइएको उनले बताए।

    ‘असोज महिना लागेपछि दैनिक मृत्यु संख्या ८ पुगेको छ’ गौतमले भने, ‘जनस्वास्थ्यको मापदण्ड पालना गरेका सबैलाई धन्यवाद छ। जनस्वास्थ्य मापदण्ड पालना नगर्नेलाई पालना गर्नलाई अनुरोध गर्दछु।’

    दिनप्रतिदिन बढिरहेको कोरोना संक्रमितलाई व्यवस्थापन गरिएको उनले प्रष्ट पारे। जतिसुकै विकसित र धनी राष्ट्र भए पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नैपर्ने उनको ठहर छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस