२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

  • २०७७ आश्विन १८, आईतबार मा प्रकाशित ४ साल अघि
  • असोज १८, २०७७
    एजेन्सीः भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । यहाँ ६४ लाखमा धेरैमा संक्रमण देखिएको छ । भारतको केन्द्रीय स्वास्थ मन्त्रालयले मृतकको संख्या १ लाख नाघेको जानकारी दिएको हो ।

    यद्यपी, नयाँ संक्रमितको संख्या पछिल्ला २४ घण्टामा घटेको छ ।

    मन्त्रालयको आँकडाअनुसार पछिल्ला २४ घण्टामा कोरोना भाइरसका ७९ हजार ४ सय ७६ वटा नयाँ संक्रमणका घटना रिपोर्ट भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६९ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म भारतमा ६४ लाख ७३ हजार ५ सय ४५ जनामा संक्रमण पुष्टि भएकोमा ५४ लाख २७ हजार ७ सय ७ जना निको भइसकेका छन् । सर्वाधिक धेरै कोरोना संक्रमित निको हुने देशको सुचीमा भारत पहिलो स्थानमा छ ।

    त्यस्तै, कोरोनाका कारण १ लाखभन्दा धेरैको मृत्यु हुने भारत तेस्रो देश हो । अमेरिका २ लाख १२ हजारभन्दा धेरै तथा ब्राजिलमा १ लाख ४४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस