२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सिन्धुपाल्चोकमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६ पुग्यो (विवरणसहित)

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • असाेज १७, २०७७
    चाैतारा: सिन्धुपाल्चोकमा काेराेनाबाट मृत्युु हुनेकाे संख्या ६ पुगेकाे छ। पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोककाे एक पुरूषकाे मृत्युु भएकाे हाे।

    सिन्धुपाल्चाेक त्रिपुरा सुन्दरी गाउँपालिकाका ४१ बर्षीय पुरूषकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए।

    सिन्धुपाल्चोकमा अाज थप २ जनामा काेराेना पुष्टि भएकाे थियाे। याेसँगै काेराेना संक्रमितकाे संख्या १ सय ९१ पुगेकाे छ। शुक्रबार १० जनामा काेराेना पुष्टि भएकाे थियाे।

    कोरोनाबाट मृत्यु हुनेकाे विवरण

    १. सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका राम्चेकी २९ वर्षीया सुत्केरी महिला । २ जेठमा निधन भई ३ जेठमा कोरोना पुष्टि ।

    २. सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुष १८ असारमा क्षयरोगको उपचरका लागि पाटन अस्पताल भर्ना भएका । उपचारका क्रममा २२ असारमा कोरोना पुष्टि भएको । २५ असारमा निधन ।

    ३. सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ४ का ८४ वर्षीय पुरुषको २२ साउनमा मृत्यु । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्थियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएको । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि

    ४. सिन्धुपाल्चोककी ७७ वर्षीया महिला, १८ भाद्रमा मृत्यु पुष्टि

    ५. सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष, २८ भाद्रमा मृत्यु पुष्टि

    ६. सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाका ४१ बर्षीय पुरूष

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस