असोज १७, २०७७
चौताराः मृगौला पीडित जुगल गाउँपालिका ५ बराम्चीका प्रविण आलेमगरको उपचारका लागी धमाधम सहयोग जुट्न थालेको छ। शुक्रबार जुगल गाउँपालिकाका स्थानीय अगुवाहरुले संकलन गरेको ४ लाख ४३ हजार रुपियाँ उनको परिवारलाई हस्तान्तरण गरिएको हो।
बिगत एक बर्षदेखि दुवै मृगौला फेल भई उपचारको पर्खाईमा छटपटाई रहेका १७ बर्षिय प्रविण आलेमगरको दुवै मृगौला प्रत्यारोपण गर्न परिवारसँग आर्थिक अभाव भएपछि प्रविण बचाऊ अभियानमा स्थानीय अगुवा र दाताहरु जुटेका हुन् ।
जुगल गाउँपालिकाका नेकपा नेता एवम समाजसेवी सिंगबहादुर श्रेष्ठमार्फत संकलन भएको ८९ हजार १ सय सहित विभिन्न ब्यक्तिहरुबाट संकलित ४ लाख ४३ हजार ६ सय३० रुपियाँ शुक्रबार काठमाडौस्थित मृगौला पीडित प्रविणको डेरामै पुगेर हस्तान्तरण छन्।
प्रतिक्रिया दिनुहोस