२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

बस्ती स्थानान्तरण प्रतिवेदन बुझ्दै गृहमन्त्रीले भने : ६ अर्ब कार्यान्वयनको चरणमा पुगिसक्यो

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • असोज १७, २०७७
    चौताराः जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तयार पारेको बस्ती स्थान्तरण सम्बन्धी प्रारम्भीक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ। शुक्रबार गृहमन्त्री थापालाई बस्ती स्थानान्तरण प्रतिवेदन बुझाइएको हो।

    प्राकृतिक विपत्तीका कारण १ सय १२ जनाको मृत्यु र करोडौंको भौतिक सम्पत्ती नष्ट भएपछि जिल्ला समन्वय समितिले प्राकृतिक विपत्तीपछि विस्थापित भएकाहरुलाई सुरक्षित रुपमा स्थान्तरणका लागि प्रतिवेदन तयार पारेको थियो ।

    जिल्ला विपद व्यवस्थापन समितिमार्फत पारित भएको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई गृह जिल्ला सिन्धुपाल्चोकमा नै बुझाइएको थियो।

    गृहमन्त्री थापालाई बुझाइएको प्रतिवेदनमा प्राकृतिक विपत्तीबाट हालसम्म सिन्धुपाल्चोकमा भएको मानवीय, भौतिक क्षति साथै बस्ती स्थान्तरण सम्बन्धी स्थलगत रुपमा तयार पारिएको छ।

    प्रतिवेदन बुझाएपछि गृहमन्त्री थापाले विपत्तीका ४९ जिल्ला मध्ये सिन्धुपाल्चोक सबैभन्दा बढी क्षति भएकोमा दुःख व्यक्त गरेका छन्। गृहमन्त्री थापाले क्षति बढी भएकाले नै सरकारले सिन्धुपाल्चोकले विपत्तीको जिल्ला घोषणा गरेको बताएका थिए ।

    प्राकृतिक विपत्तीले क्षति भएका जिल्लाहरुको पुननिर्माणका बिश्व बैकसंग करिब ६ अर्ब बराबरको ऋण सम्झौता भएको र कार्यान्वयनको चरण रहेको समेत जानकारी दिए । गृहमन्त्री थापाले बिपद पश्चात बस्ति स्थान्तरण गर्दा पीडितहरुको चाहना अनुरुप गरिनु पर्ने र रोजगार र आय आर्जनमा बिशेष ध्यान दिइर्ने बताए ।

    प्रतिवेदन हस्तान्तरण कार्यक्रममा पुर्व कानुनमन्त्री एवम सिन्धुपाल्चोक प्रतिनिधिसभा २ का सासंद शेरबहादुर तामाङ पुर्ब सांसद एबम नेकपा नेता दावा तामाङ, नेकपा केन्द्रीय सदस्य सदस्य एबम नेकपा सिन्धुपाल्चोकको तर्फबाट गठित विपद अध्ययन कार्यदलका संयोजक माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको समेत सहभागीता रहेको थियो।

    त्यसैगरी बिपद ब्यबस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाको पनि सहभागीता रहेको थियो।

    प्रतिवेदन हस्तान्तरण कार्यक्रममा जुरे पहिरो पीडितहरुका लागि स्थानीबाट संकलित रकमको तत्काल फुकुवा गरी जिल्लाको पुनर्निर्माणमा प्रयोग खर्च गरिनु पर्नेमा गृहमन्त्री थापको ध्यानआर्कषण गराइएको नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस