असोज १६, २०७७
चौताराः नेपालीहरुको महान चाडवर्प नजिकिदै छ। चाडपर्व नजिकिदै गर्दा सरकारी निकायले बजार अनुमनलाई तिव्रता दिने गरेका छन्। तर, चाडपर्व लक्षित बजार अनुगमन उपभोक्तको आँखामा छारो हाल्ले काम मात्रै भएको देखिने गरेको छ।
चाडपर्बहरु नजिकिँदा अरू समयमा भन्दा खरिदबिक्री बढी हुने हुनाले बजारमा उपभोक्ता ठगिने, कम गुणस्तर भएका सामान बेच्ने, अखाद्य बस्तु बेच्नेजस्ता गतिविधि हुन नदिन बजार अनुगमन गर्ने गरिएको छ।
तर, चाडपर्वको बजार अनुगमन उपभोक्ताको आँखामा हाल्ने काम मात्रै भएको जानकारहरु बताउँछन्। बर्षभरी कानमा तेल हालेझैँ गरि बस्ने प्रशासन र स्थानीय सरकार चाडवर्पको बेलामा बजार अनुगमन गर्न भन्दै बजारमा निस्कने गरेका छ।
यहीबीच मेलम्ची नगरपालीकाले बजार अनुगमन गरेको छ। अरु समयमा भन्दा चाडपर्वमा धेरै सामान बिक्रि हुने भएकाले बजार अनुगमन गरेको वडाध्यक्ष १२ का तथा बजार अनुगमन समितिका संयोजक राम बहादुर लामाले बताए। अनुगमनको क्रममा अखाद्य बस्तु, कम गुणस्तर भएका सामान पाइएमा आवश्यक कारबाही गर्नका लागि र बजार मुल्यमा एक रुपता ल्याउनका लागि अनुगमन भइरहेका लामाले बताए।
बजारमा एकै किसिमको मुल्य लागुहोस् भन्नका लागि नगरपालीकाले ब्यबसायी सँग छलफल गरि प्रत्येक खाद्यान्न पसलमा मुल्यसुचि अनिवार्य गराएको नगरपालिकाका राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिए।
उपभोक्ताको हितका लागि बजार अनुगमन सधैंभरि आवश्यक रहेको र गरिरहने मेलम्ची नगरपालिका उपभोक्ता हित संरक्षण मञ्चका संयोजक सालिकराम अधिकारीले बताए ।
मेलम्चीमा मात्रै नभएर चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे, बलेफिलगायतका सबै स्थानीय तहले बजार अनुगमन गर्ने गरेको छ। तर, चाडपर्वमा मात्रै सरकारले निकायले बजार अनुगमन गर्ने गर्नाले अन्य समयमा व्यापारीबाट उपभोक्तालाई मारमा पर्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस