२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

त्रिवि शिक्षा संकायको परीक्षा मंसिर तेस्रो हप्तादेखि

  • २०७७ आश्विन १५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असोज १५, २०७७
    चौताराः त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षा संकायको परीक्षा मंसिर तेस्रो हप्तादेखि सुरु हुने भएको छ। लकडाउनमा रोकिएको परीक्षा मंसिर तेस्रो हप्तादेखि सुरु गरिने त्रिवि शिक्षा संकायका सहायक डिन बलराम रायले बताएका छन।

    उनले शिक्षा संकायले सञ्चालन गर्ने सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तह९नियमति तथा आंशिक० सत्रान्तको परीक्षा सञ्चालन हुने जानकारी दिए। उनका अनुसार स्नातकोत्तर तहको दोस्रो सेमेस्टरको परीक्षा मंसिर तेस्रो हप्ता हुने छ।

    स्नातकोत्तर तहको चौथो सेमेस्टरको परीक्षा मंसिर चौथो हप्ताबाट हुने छ। त्यस्तै स्नातक तहको आठौँ सेमेस्टरको परीक्षा मंसिर तेस्रो हप्ताबाट सञ्चालन हुने छ।

    ‘स्नातक तह प्रथम र छैटौं सेमेस्टरको परीक्षा पौषको पहिलो हप्ताबाट सञ्चालन गरिने छ,’उनले भने,‘खुल्ला तथा दूर सिकाइअन्तर्गत २ सेमेस्टरको स्नातकोत्तर (विज्ञान शिक्षा) प्रथम सेमेस्टरको परीक्षा भने पौष दोस्रो हप्ताबाट सञ्चालन हुन्छ।’

    खुल्ला तथा दूर सिकाइ अन्तर्गत २ सेमेस्टरको स्नातक (सामाजिक अध्ययन शिक्षा) प्रथम सेमेस्टरको परीक्षा पुस दोस्रो हप्ताबाट सञ्चालन गरिने उनले बताए।

    उनले भने,‘व्याक लागेका परीक्षार्थीलाई पनि नियमित परीक्षार्थीसँगै राखेर परीक्षा सञ्चालन गराउँछौँ। परीक्षा स्वस्थ्य मापदण्ड अपनाएर गराइन्छ।’ त्रिविले अन्य संकायको पनि परीक्षा तालिका सार्वजनिक गर्दै जाने उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस