२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

असोज १९ गतेबाट तातोपानी नाका खुल्ने

  • २०७७ आश्विन १३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • असोज १३, २०७७
    चौताराः नेपाल चिनबीचको प्रमुख व्यापारीक तातोपानी नाका सञ्चालन आउने भएको छ। कोरोना भाइरस (कोभिड १९) को जोखिम कायमै रहेको स्वास्थ्य मापदण्डमा पुरा गरेर नाका सञ्चालन हुने भएको हो। मंगलबार सिमा नाकामा प्रमुख जिल्ला अधिकारी र चिनियाँ टोलीसँगबीचको छलफलपछि असाेेज १९ गतेबाट नाका सञ्चालन गर्ने सहमति बनेको हो।

    निश्चित स्वास्थ्य मापदण्डमा रहेर नाका सञ्चालन गर्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। चिनको न्यालमको ताल फुट्ने अवस्थामा रहेको र बाढीपहिरोले सडक अबरुद्ध भएपछि तातोपानी नाका बन्द छ।

    नाका बन्द भएपछि तातोपानी पारी खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको छ । तातोपानी नाकाभन्दा करिब ३५ किमिमाथि चिनियाँ भूभागमा रहेको ‘क्यानोन कु’ ताल विष्फोटन हुन लागेकोले त्यसको पानीको सहत घटाउने भन्दै नाका बन्द गरिएको थियो ।

    २०७२ को विनाशकारी भूकम्पलगत्तै चीनले तातोपानी नाका बन्द गरेको थियो । चीनले पछिल्लो समय तातोपानी नाका समेत आंशिक रुपमा संचालनमा ल्याएको थियो।तातोपानी नाकाबाट भूकम्पअघि दैनिक दुई करोडभन्दा धेरै राजस्व संकलन हुने गरेको थियो।

    चीनबाट नेपालमा वार्षिक करिब दुई खर्ब रुपैयाँका सामान आयात हुन्छ। पोहोर चीनबाट एक खर्ब ८१ अर्ब रुपैयाँको सामान आयात भएको थियो। चिनियाँ राजदूतावासले गत साता रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस