असोज १३, २०७७
चौताराः सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन्।
मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका संघीय सांसदहरु सँगको भेटमा यस्तो बताएका हुन्।
‘बालिका बलात्कारपछि हत्या भएको घटनालाई मैले गम्भिरतापूर्वक लिएको छुु सभामुख सापकोटाले सांसदहरुसँग भने, ‘यस्ता घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने अवस्था आइसकेको छ। दिन प्रतिदिन यस्ता घटनामा वृद्धि भइरहेका छन्।’
‘जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताए। जनतामाथि परेको समस्यामा साथ दिनु जनप्रतिनिधिको कतव्र्य हो। यस्ता घटना नियन्त्रण गर्नका लागि कानुनको प्रभावकारी कार्यान्वयनका गर्नुपर्छ’ उनले भने, ‘त्यसका लागि तपाईहरुले पनि पहल जारी राखेको छु। मैले मेरो तर्फबाट पनि आफ्नो विशेष पहल गर्छु।’
बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी वि.क.लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ बर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन्।
सांसदहरुले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराए।
प्रतिक्रिया दिनुहोस