२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

एक हजार ३५१ कोरोना संक्रमित थपिए, ७४२ डिस्चार्ज

  • २०७७ आश्विन १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • असोज १२, २०७७
    चौताराः नेपालमा कोरोना भाइरस (कोभिड १९) का थप एक हजार ३५१ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३५१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको उनले बताए। पछिल्लो २४ घण्टामा ७४२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    त्यसैगरी हालसम्म ५४ हजार ६४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव १ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ९८ हजार ४०७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन ८ हजार ६९५ जना र होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ३१० जना क्‍वारेन्टिनमा रहेका छन् ।

    देशभर ३१ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

    कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस