२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

जोखिम बस्ती स्थानान्तरण गर्न नेकपाले कार्यदल बनाएर थाल्यो काम

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ४ साल अघि
  • असाेज १०, २०७७
    चाैतारा: विपद् संकटग्रस्त जिल्ला सिन्धुपाल्चोकका जोखिमयुक्त बस्ति स्थानान्तरणका लागी नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले तदारुकता देखाएको छ । निरन्तर विपद श्रृंखला दोहोरीएपछि जिल्लास्तरीय कार्यदल नै बनाएर गाउँबस्तिमा पसेको नेकपाले शनिबार जनप्रतिनीधि र नेताहरुबिच अन्तरक्रिया गरेको छ ।

    सरकारले सिन्धुपाल्चोकलाई विपद संकट ग्रस्त जिल्ला घोषणा गरेसँगै नेकपा सिन्धुपाल्चोकले शनिबार जोखिमयुक्त बस्ति स्थानान्तरणको प्रारम्भिक सर्वेक्षण प्रतिवेदनमाथि पार्टी र जनप्रतिनीधिबीच छलफल गरेको छ ।

    शनिबार सुकुटेस्थित सुनकोसी बीच रिसोर्टमा पार्टीबाट निर्वाचित जिल्लैभरका स्थानीय सरकारका प्रतिनीधि र पार्टी नेताबिच अन्तरक्रिया गर्दै नेकपाले बस्ति स्थानान्तरण सम्बन्धि प्रारम्भिक प्रतिवेदनमा छलफल गरेको हो । नेकपा जिल्ला कार्यालयले प्राकृतिक प्रकोप अध्ययन, न्यूनिकरण तथा सहजिकरणका लागि जिल्लास्तरीय कार्यादल नै गठन गरि नेताहरुलाई बाढी पहिरोग्रस्त क्षेत्रमा खटाएको थियो ।

    ७ सदस्ययी कार्यदलले बाढी पहिरोग्रस्त क्षेत्रमा पुग्दै पीडित प्रभावितसँग अन्तरक्रिया गरि सुरक्षित स्थानमा बस्ति स्थानान्तरणका लागी सम्बन्धित निकायमा सिफारीस गर्ने भएको छ । जिल्लाका जोखिमयुक्त बस्तिको पहिचान र स्थानान्तरणका लागी बैकल्पिक स्थानसहितको प्रतिवेदन सम्बन्धित निकायमा पेश गरिने नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताए ।

    शनिबारको अन्तरक्रियात्मक कार्यक्रममा पूर्वमन्त्री एवम केन्द्रिय अनुसासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, प्रतिनीधि सभा सांसद एवम केन्द्रिय सदस्य शेरबहादुर तामाङ, केन्द्रिय सदस्य एवम प्रदेश सरकारका मन्त्री अरुणप्रसाद नेपाल, प्रदेश सरकारका मनत्री युवराज दुलाल, प्रदेश सांसद सरेश नेपाल लगायत नेकपाका स्थानीय जनप्रतिनीधि र पार्टी नेताहरु सहभागी थिए।

    कार्यक्रममा स्थानीय सरकारका प्रतिनीधिहरुले आ आफ्ना गाउँनगरमा विपद जोखिमका अवस्थाबारे ब्रिफीङ गराएका थिए।

    जिल्लाभर ३ सय भन्दा बढि बस्ति जोखिममा रहेको र ती बस्ति स्थानान्तरणका लागि नेकपाले कार्यदल नै बनाएर राजनीति तहबाट पहल थालेको नेकपाका केन्द्रिय सदस्य एवम कार्यदलका संयोजक माधव सापकोटाले बताए।

    ‘विपदमा तत्काल खोज, उद्धार र राहतमा नेता कार्यकर्ता खटियौँ, जिल्लाभरका जोखिमका बस्ति घुमेर ति बस्ति स्थानान्तरणका लागी एउटा प्रारम्भिक खाका बनाएका छौँ’, नेता सापकोटाले भने, ‘छिटै नै हामीले तयार गरेको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायमा बुझाउँनेछौँ ।’

    नेकपा सिन्धुपाल्चोकको प्रकोप अध्ययन, न्यूनिकरण तथा सहजिकरण कार्यदलले कमजोर भू बनोट र विकास निर्माण कार्यबीच तालमेल नमिल्दा विपद निम्तिएको निष्कर्ष निकालेको छ । प्रकृतिक सेतहरुको अव्यवस्थित र अत्याधिक दोहन पनि विपदको कारण भएको कार्यदलको निष्कर्ष छ । कार्यदलको प्रारम्भिक प्रतिवेदनमा जोखिमयुक्त र न्यूनतम मापदण्ड नपुगेको ग्रामीण सडक पनि प्राकृतिक विपदको कारण मानिएको छ ।

    सुरक्षित जमिनको पहिचान गर्दै जिविकोपार्जनको उपायसहितको बस्ति स्थानान्तरणका नेकपाले जोड दिएको छ । जग्गा सट्टापट्टाको व्यवस्था गर्दै जोखिमका जनताकै सहभागितामा व्यवहारीक र वैज्ञानिक योजना निर्माण गर्नुपर्ने कार्यदलको सुझाव छ ।

    साविकको बस्तिको झल्को दिनेगरि सामाजिक, साँस्कृतिक र भावनात्मक पक्षहरुको समेत विचार गरि स्थानान्तरणको योजना ल्याउनुपर्ने निष्कर्षसहित सम्बन्धित निकायमा सुझाव पेश गर्न लागीएको कार्यदलका सदस्य सुभाष कर्माचार्यले बताए । समाचारपत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस