असोज १०, २०७७
चौताराः कोरोना भाइरस (कोभिड १९) को महामारीको कारणले बन्द भएको विद्यालय सञ्चालनमा आउन थालेका छन्। सिन्धुपाल्चोककका १२ वटा स्थानीय तहमध्ये अधिकांश स्थानीयले तहले निश्चित मापदण्ड बनाएर विद्यालय सञ्चालनमा ल्याएका हुन्।
लामो समयदेखि विद्यालय बन्द रहदा बालबालिको पठनपाठनमा असर पुगेको भन्दै लकडाउन खुकुलो भएसँगै स्थानीय तहहरुले विद्यालय सञ्चालनमा ल्याएका हुन्।
मेलम्ची नगरपालीकाको शिक्षा समितिको बैठकले विभिन्न मापदण्ड बनाउदै केहि खुकुलो गर्ने निर्णय भएको जनाएको छ। चौतारा साँगाचोकगढी नगरपालिका, बलेफि, त्रिपुरासुन्दरी, बलेफिलगायतका अधिकांश गाउपालिकाले बन्द रहेको विद्यालय सञ्चालनमा ल्याएसकेका छन्।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले छलफल गरे धेरैजसो विद्यालयले २ सिफ्टमा विभाजन गरि शैक्षिक गतिविधि अगाडि बढाइरहेको छन्। विद्यालयमा भौतिक तथा सामाजिक दुरी अनिवार्य कायम गर्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस