२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

कोरोनाको जोखिम बढ्दो, एकैदिन थपिए १३ सय १३ संक्रमित

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असोज ९, २०७७
    चौताराः नेपालमा बितेको २४ घण्टामा १३ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

    उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । तीमध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा जना १४ सय ५५ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ । संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ ।

    आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन् । ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ७ जिल्ला कोरोनासंक्रमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६ जनाको जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४५९ पुगेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस