२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सक्रिय संक्रमित २५ हजार बढी भए पुनः लकडाउन !

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • असोज ७, २०७७
    चौताराः नेपालका कोरोनाको संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रिय संक्रमित २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस भएको बताएका हुन्।

    इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निचोड निकालेको छ। ५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकोले बैठकले सो निर्णय गरेको हो । अहिले सक्रिय संक्रमितको संख्या १७ हजारभन्दा माथि छ ।

    त्यस्तै बैठकले कोरोना संक्रमणको दर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसायहरु कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

    थप ११७२ मा पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ९ हजार ४ सय ५९ जनाको नमूना परीक्षण गर्दा ११७२ जनामा संक्रमण पुष्टि भएको हो । आजै १८९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । नेपालको पछिल्लो संक्रमण मुक्त दर ७३.७ प्रतिशत रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस