२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

घटेन कोरोना संक्रमितको दर, एकैदिन थपिए १ हजार ३५६ संक्रमित

  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • असोज ६, २०७७
    चौताराः नेपालमा बितको २४ घण्टामा १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।

    आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् । यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४२९ पुगेको छ।

    आजको विस्तृत विवरण

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस