असोज ५, २०७७
चौताराः नेपालका अबको ५ दिन भारी बर्षा हुने भएको छ। अधिकांश क्षेत्रमा असोज ५ गतेबाट ९ गतेसम्म बर्षा हुने सम्भावना रहेको छ। उत्तरपूर्वी बंगालको खाडीबाट विकसित भएको जलवायु प्रभावले अवको ५ दिन भारी बर्षा हुने जनाएकाे हो।
राष्टिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै अबको ५ दिन हावाहुरी र चट्याङसहितको भारी बर्षा हुने जनाएको हो।
बर्षाको कारणले बाढी पहिरो डुबान हुनसक्ने भएको सरकारी सबै संयन्त्र तैनाथ राखिएको प्राधिकरणका प्रवक्ता जनार्दन गौतम बताएका छन्। बाढी पहिरो डुबान पर्नसक्ने भएकाले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेका छन्।
नदि आसपास रहेकाले बाढीले कटान गर्न सक्ने आँकलन भएकाहरु सुरक्षित स्थानमा शर्त समेत आग्रह समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस