२०८१ चैत्र ३०, शनिबार | Sat, 12, Apr, 2025

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • असोज ५, २०७७
    काठमाडौँः सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् ।

    यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन् ।

    श्रवैकल्पिक सिकाइलाई समेत शैषिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त (दशैँअघि) सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका समाचार आजको नागरिक दैनीकले लेखेको छ।

    यसअघि अनलाइन कक्षामा रुचि नदेखाउने विद्यार्थी तथा अभिभावक पनि वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरुसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जोड्न थालेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस