असोज ३, २०७७
चौताराः नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ । जसमध्ये सिन्धुपाल्चोक जिल्लाका पनि ५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।
हालसम्म सिन्धुुपाल्चोक जिल्लामा ९७ जनाले कोरोना भाइरस जितेर डिस्चार्ज भएका छन्। १ सय ३४ जनामध्ये ९७ जनाले कोरोना जितेको हुन्। संक्रमितमध्ये ३२ जनाको उपचार जारी रहेको उनले बताइन्। जसमध्ये २८ जना काठमाडौँमा छन्।
सिन्धुपाल्चोकको आइसोलेसनमा हाल ४ जना मात्रै रहेका छन्। यस्तै क्वारेन्टाइनमा ११ महिला र ३० पुरुष गरी ४१ जना रहेका छन्। हालसम्म सिन्धुपाल्चोकमा ३ हजार ५ सय ५९ जनाको स्वाव परिक्षण गरिएको छ।
जिल्लामा ५६ आइसोलेसन बेड र ७ सय ८९ क्वारेन्टाइन बेड रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले बताए। कोरोनाबाट नेपालमा पहिरो मृत्यु सिन्धुपाल्चोक जिल्लामै भएको थियो।
यी हुन् कोरोनाबाट मृत्यु हुने ५ जना
१. सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका राम्चेकी २९ वर्षीया सुत्केरी महिला । २ जेठमा निधन भई ३ जेठमा कोरोना पुष्टि ।
२. सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुष १८ असारमा क्षयरोगको उपचरका लागि पाटन अस्पताल भर्ना भएका । उपचारका क्रममा २२ असारमा कोरोना पुष्टि भएको । २५ असारमा निधन ।
३. सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ४ का ८४ वर्षीय पुरुषको २२ साउनमा मृत्यु । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्थियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएको । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
४. सिन्धुपाल्चोककी ७७ वर्षीया महिला, १८ भाद्रमा मृत्यु पुष्टि
५. सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष, २८ भाद्रमा मृत्यु पुष्टि
प्रतिक्रिया दिनुहोस