२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

पेटमा ग्यासको समस्या निम्त्याउने ५ तरकारी

  • २०७७ आश्विन ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • असोज ३, २०७७
    एजेन्सीः ‘ब्लोटिङ’ अर्थात पेट फुल्ने समस्याबाट प्राय मानिस पीडित भइसकेका छन् । पाचन प्रक्रियामा समस्या आएपछि पेटमा ग्यासको समस्या पैदा हुन्छ । कुनै चीजले पेटमा ग्यास बनाउन मद्दत गर्छ । र, पेट फुल्ने समस्या हुन्छ ।

    यसमध्ये, केही तरकारी यस्ता छन् जसले पेटमा ग्यास पैदा गराउँछ ।

    कटहर

    कटहर पाकेपछि खाँदा जति मिठो हुन्छ त्यति नै काँचो हुँदा तरकारीको रुपमा पकाएर खाँदा पनि मिठो हुन्छ । तरकारी पकाउँदा मासु जस्तै देखिन्छ । कटहरमा भारी मात्रामा पोषक तत्व पाइन्छ । तर, ग्यासको समस्याबाट पीडित व्यक्तिहरुले यसको तरकारी खानुहुँदैन । यसले शरीरमा ग्यासको मात्रा झन् बढाउँछ ।

    पिडालु

    पिडालु सर्वसुलभ तरकारी हो । यसलाई झोल हालेर वा सुख्खा दुवै तरिकाले पकाउन सकिन्छ । यसलाई दालमा मिसाएर समेत पकाउन सकिन्छ । तर, यसले पेटमा भने ग्यासको समस्या पैदा गराउँछ । यसको तरकारी खान निकै रुचाउने व्यक्तिले यसको तरकारीमा अजवाइन हालेर खाने गर्नुपर्छ । जसले ग्यासको समस्या हुन दिँदैन ।

    मुला

    मुलालाई विशेषतः सलादको रुपमा खाने गरिन्छ । भने, मुलाको तरकारी पनि खाने गरिन्छ । मुला खाँदा ग्यासको समस्या हुन्छ भने यसमा पनि अजवाइन हालेर खान सकिन्छ ।

    सेतो चना

    मोटो र ठूलो हुने सेतो चना तरकारीको रुपमा निकै स्वादिष्ट हुन्छ । तर यसले ग्यासको समस्या गराउँछ त्यसैले त्यसबाट बच्न चनाको बोक्रा फालेर खाने गर्नुपर्छ ।

    राजमा

    धेरै जसो राजमा भातसँग खाने गरिन्छ । यसले पनि ग्यासको समस्या पैदा गराउँछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस