२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

‘हाइड्रोकाे पक्षपाेषक नेता र जनप्रतिनिधिका कारण बस्ती जाेखिममा’

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असाेस १, २०७७
    चाैतारा: बाढी पहीरोकाे उच्च जाेखिममा रहेकाे भन्दै जुगल गाउँपालिका बोल्देबासीले बस्ति स्थानान्तरण गरिदिन आग्रह गरेका छन् ।

    बिहिबार बाेल्देका स्थानियले जिल्ला विपद व्यवस्थापन समिति संयाेजक एवंम् प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल समक्ष बस्ति स्थानान्तरण गरि सम्भावित क्षतिबाट बचाउन ज्ञापन पत्र बुझाएकाहुन ।

    सिन्धुपाल्चोककोे जुगल गाउँपालिका वडा नम्बर ३ बोल्दे साविक गुम्बा गाविस ५ र ६ मा प्राकृतिक विपद तथा हाईडाे पावरले खनेको सुरुङ तथा जथाभावि डोजरको प्रयोगले २ सय ६० घर पहिरोको उच्च जोखिममा रहेको स्थानियले बताएका छन् । २०७२ सालको भुकम्पका कारण भू–धरातल कमजोर भएकाले जोखिम बढाएको तथा विकासका नाममा हाइड्रोपावर `कम्पनीहरुले जोखिमको मुल्याङ्कन नगरी निमार्ण कार्यहरु संचालन गर्दा थप जोखिम वढाएको स्थानीय पसलाल तामाङले बताए ।

    स्थानियले लिदि पहिरोबाट पाठ सिक्दै हाइडाे पावरले खनेको नयाँ मोटर ट्रयाकको कारण बस्ती मुनि करीव ३ सय मिटर तल पोलोहुत भन्ने ठाउँमा पहिरो गएको र वर्षेनि पहिरो जाने क्रम बढिरहेकोले समयमानै उचित स्थानान्तरण नगरे निकट भविष्यमा ठुलो पहिरो जाने र सिङ्गो बस्ती नै बगाउने सम्भावना भएको स्थानिय विक्रम तामाङले जानकारी दिए । बोल्दे पहिरो तथा विपत ब्यवस्थापन सरोकार समितिले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाउँदै सुरक्षाकाे माग गरेका हुन् ।

    ज्ञापन पत्र मार्फत उनिहरुले सम्बन्धित निकायले तत्काल जोखिमको मुल्याङ्कन गर्न भुगर्भविद र प्राविधिक खटाइ पहिरो नियन्त्रण तथा रोकथाम गर्न यथाशिघ्र आवस्यक प्रकृया अगाडि बढाउन पहल गर्न माग गरेका छन् । यस्तै सञ्चालित हाइड्रोपावर कम्पनीहरुले स्थानियको न्यायोचित मागको सम्बोधन गर्न र पोलोहुत भएर जाने मोटर ट्याक सदाका लागि बन्द गर्न समेत माग गरेका छन् ।

    राजनीतिको आडमा बिकासको नाममा आफ्नो सिमित स्वार्थ राखेर जनतालाई मार्न नहुने स्थानिएको भनाई छ । जल्विरे माथी अहिले ब्रमायणी करीडोरमा ६ वटा हाइड्रोले काम गरेका छन । हाइड्रोपावले सुरुङ खन्ने क्रममा ब्लास्ट गर्दा बस्ती जोखिममा परेको नागरिकको गुनासो छ ।

    आखिर जनप्रतिनिधि र माथिल्लो तहमा रहेका नेताहरु समक्ष हाइड्रोपावरले निम्त्याएको समस्याबारे पटक पटक गुनासो गर्दा मौन बस्ने गरेको स्थानिय विक्रम मोत्तानको भनाई छ । जनप्रतिनिधि र पार्टीका नेतानै हाइड्रोपावरकाे पक्षपाेषक बन्नथालेपछि झनै आफुहरु जाेखिममा परेकाे सराेकार समितिका अध्यक्ष पासलाल तामाङले बताए।

    हाइड्रो विरुद्ध बोलेमा आफुहरुलाई बिकास बिरोधि भन्दै विभिन्न बहानामा मुद्धा चलाउने गरेको मोक्तानले बताकाे दुखेसाे थियाे । पिडितहरुकाे ज्ञापन पत्र बुझ्दै सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सत्तकाल आवस्यक संयन्त्र परिचालन गरिने बताए । बैकल्पिक व्यावस्था नहुन्जेल सुरक्षित रहन स्थानियलाइ प्रजिअ ढकालले सुझाप दिए ।

    यसैबिच बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी(पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तिहरुको पुनःस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो ।

    सिन्धुपाल्चोक, कालीकोट, बागलुङलगायतका जिल्लामा बाढी(पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्ने विषयमा बिहीबार छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

    भूकम्पपछिको पुनःनिर्माणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दिगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस