२०८१ चैत्र ३०, शनिबार | Sat, 12, Apr, 2025

बलेफिमा विद्यालय खोल्ने तयारी

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असोज १, २०७७
    चौताराः बलेफी गाउँपालिका मापदण्ड पूरा गरी तहगत रुपमा सबै शैक्षिक संस्थाहरु नियमित रुपमा सञ्चालन गर्ने भएको छ । शिक्षा समितिको बैठकले पालिकाभरको विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेको हो।

    असोज १ (आज) नै माध्यमिक विद्यालय स्तरीय शिक्षक, विद्यालय व्यवस्थापन समितिका, अध्यक्ष गाउँपालिकाको शिक्षा समितिको बैठक बसेर तहगत रुपमा कक्षा सञ्चालन गरिने तयारी भइरहेको वलेफी ८ का वडा अध्यक्ष चरिबहादुर तामाङ बताए।

    पहिलो चरणमा माध्यमिक स्तरीय शैक्षिक क्रियाकलाप सञ्चालनमा ल्याउने उनले बताए।

    नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको भाद्र १९ गतेको मन्त्रीस्तरिय निर्णयानुसार स्वीकृत विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार विद्यालय सञ्चालनको तयारी गरेको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस