२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

भोलिबाट सबै रुटमा अरनिको यातायातले बस चलाउने

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ४ साल अघि
  • भदौ ३१, २०७७
    चौताराः अरनिको यातायातले भोलिबाट सार्वजनिक यातायातको साधन सञ्चालनमा ल्याउने भएको छ। कोरोनाको कारणले चैत्र ११ गतेबाट सरकारल लकडाउन गरेपछि बन्द रहेको सेवा भोलिबाट सुरु गर्न लागेको हो।

    सरकारले लामो तथा छोटो दुरीको सार्वजनिक सवारी सञ्चालन गर्ने अनुमति दिएपछि अरनिको यातायातले पनि भोलिबाटै सेवा सुरु गर्न लागेको अध्यक्ष चित्रबहादुर कुँवरले बताए। कोरोनाको जोखिम कायमै रहेको निश्चित मापदण्डमा रहेर यातायातको साधान सञ्चालन हुने उनले जनाए।

    यसअघि झैँ संघीय राजधानीको खुलामञ्चको पुरानो बसपार्कबाट छुट्ने उनले बताए। प्रालिको सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, दोलखा, सिन्धुलीलगायत ग्रामीण क्षेत्रमा यात्रुवाहक बस चलाउँदै आएको छ। लामो समय बन्द रहेपछि खुलेको सवारी साधनले साविकको भन्दा ५० प्रतिशत भाडा बढी लिन पाउने सरकारले निर्णय गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस