२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

अबैध बालुवा लिलाम बिक्री प्रक्रिया सुरु, यी हुन् संलग्न व्यक्तिहरु

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ४ साल अघि
  • भदौ ३१, २०७७
    चौताराः जिल्ला समन्वय समितिले अवैध बालुवा लिलाम बिक्रि सुरु गरेको छ। अनुगमनको क्रममा सिल गरिएको बालुवा लिलाम बिक्रि गर्नका लागि समन्वयले सम्बन्धित स्थानीय तहलाई ताकेता गरेको हो।

    असारदेखि भदौ महिनासम्म नदिजन्य पदार्थ उत्खनन् गर्नु गैर कानूनी मानिन्छ। तर, सिन्धुपाल्चोकमा तालुकदार निकायको संलग्नतामा प्रतिबन्धित बालुवा उत्खनन् हुनु नौलो कुरा होइन।

    मिडिया र सामाजिक सञ्जालको निरन्तरको खबरदारीपछि जिल्ला समन्वय समितिले नदी अनुगमन बढाएकाे थियाे । तर, पहिल्यै जफत गरेको बालुवा मिडियामा समाचार बाहिरिएपछि मात्रै सार्वजनिक गरे पछि अनुगमन समिति विवादित बनेकाे थियो। यसअघि पनि समन्वयले अनुगमन गरेर बालुवा नियन्त्रण लिने गरेको भएपनि कसरी तिनिहरुले उन्मुक्ति पाउँछन् भन्ने कुरा कसैलाई थाहा हुन्नथ्याे।

    पछिल्लो समयमा नियन्त्रण गरिएको बालुवा लिलाम बिक्रि र संलग्नलाई आवश्यक कार्वाहिको लागि सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिएको उपप्रमुख बालकुमारी सापकोटाले बताइन्। उपप्रमुख नेतृत्वको अनुगमन टोलीले अबैध उत्खनन् रोक्न गठित नदीजन्य तथा खानिजन्य पदार्थ जिल्ला अनुगमन समिति गठन गरेको थियो।

    जिल्लाको विभिन्न ठाउँमा गरि अनुगमन समितिले ३५ हजार घनमिटर बालुवा जफत गरि लिलाम बिक्रीको लागि सम्बन्धित स्थानीय तहलाई जिम्मा दिएको उनले बताइन्।

    यी हुन् संलग्न व्यक्तिहरु

    अनुगमन समितीले आफ्नो प्रतिवेदन समेत सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जफत गरिएको अबैध बालुवा र नदि उत्खनन् कार्यमा संलग्न व्यक्ति र सप्लायर्सहरुको विवरण समेत खुलाइएको छ।

    समितिकाे प्रतिबेदन अनुसार चौतारा साँगाचोकगढी नगरपालिका -११ चेहेरे (सुन्दर सप्लायर्स) ४ सय ५० घनमिटर, सोहि स्थानमा (चन्द्रबहादुर माझि) ३ सय ८० घनमिटर , बलेफि (७ लाम्पाटा बगर (सिर्जन कार्की) १ हजार ७ सय घनमिटर, कोठे र सिस्नेमा (सुरज श्रेष्ठ) ११ सय ७० घनमिटर, सोहि ठाउँमा (मनोज श्रेष्ठ) १सय ७० घनमिटर रहेका छन्।

    यस्तै, बलेफि (अँधेरिमा (संलग्न व्यक्तिको नाम नखुलेको) ३५ घनमिटर, (ठुलिमाया तामाङ) १ सय ३२ घनमिटर, सुनकोसी गाउँपालिकामा (बुद्धिमाया तामाङलगायत ९ जनाको समुह) १ सय १२ घनमिटर, बलेफि आपबोटे (बिकाश श्रेष्ठलगायतको समूह) १५ हजार घनमिटर, बलेफि ५ मा (बिष्णु श्रेष्ठ) १० हजार घनमिटर रहेका छन्।

    यस्तै, हेलम्बु गाउँपालिका २ मा (गुणराज बरुवा) १२ सय घनमिटर, इन्द्रावती ५ माझी बस्ति (संलग्न व्यक्तिको नाम नखुलेको) ३ सय ५० घनमिटर, मेलम्ची १३ मा (नाम नखुलेको) ७० घनमिटर सिल गरिएकोमा पछि खोलाले बगाएको, चौतारा साँगाचोकगढी नगरपालिका ११ (शंकर माझि) ५ हजार घनमिटर बालुवा जफत गरेको हो। सिल गरिएकाे बालुवा स्थानीय प्रहरी चाैकीकाे निगरानिमा रहेकाे संयाेजक सापकाेटाले बताइन् । अबैध नदि उत्खनन् कार्यमा संलग्नहरुलाइ कार्वाही गर्ने अधिकार स्थानिय सरकारलाई भएकाले साेहि अनुसार पत्राचार गरिएकाे उनिले बताइन् ।

    स्थानीय तहले थाले प्रक्रिया

    समन्वय समितिको पत्र प्राप्त भएपछि स्थानीय तहहरुले पनि लिलाम बिक्रीको लागि आवश्यक प्रक्रिया सुरु गरिसकेका छन्। सिल गरिएको ३५ हजार घनमिटर मध्ये बलेफि गाउँपालिकामा मात्र अन्दाजी २६ हजार ५ सय ७ घनमिटर बालुवा रहेको छ। उक्त बालुवालाइ अध्ययन गरि लिलाम बिक्री गरिने बलेफि गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए।

    उपाध्यक्ष कमला श्रेष्ठ (कायस्थ)को संयोजकत्वमा समिति गठन गरि कार्वाही प्रक्रिया सुरु गरिएको उनले बताए। ‘सिल गरिएको बालुवा जफत गरि संलग्न व्यक्तिलाई जरिवाना समेत गराउन सकिन्छ’ उनले भने।

    चौतारा साँगाचोगढी नगरपालिकाले वडाध्यक्ष नरमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरि काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डेले जानकारी दिए।

    अनुगमन टोलीको सबैतिर पुगेन आँखा

    समन्वय समितीले अवैध रुपमा उत्खनन् भइरहेको सबै क्षेत्रमा अनुगमन गरेको छैन। अबैध बालुवा स्टोर स्थलनै बनेको बाह्रबिसेभन्दा माथिल्लो भेगमा अझै पनि अनुगमन टोली पुगेको छैन। बाह्रबिसेको माथिल्लो भेग र तिपेनि बजार क्षेत्रमा अबैध रुपमा निकालिएको बालुवा प्रसस्त भपनि अनुमगन टोलीको आँखा नपुगेको हो। बाह्रबिसेदेखि माथिल्लो भेगमा अबैध रुपमा उत्खनन् गरिएको बालुवाले सडक समेत साँघुरो बन्दै गएको छ।

    बिहिबारबाट प्रतिनन्धित समय फुकुवा हने भएकाले समन्वय समितिले जुनसुकै बेला नदि उत्खनन् कार्य खुल्ला गर्न सक्ने प्रावधान छ। सबै क्षेत्रमा अवैध रुपमा उत्खनन् भइरहेको बालुवाप्रति अनुगमन टोलीको आँखा नपुग्दा अवैध रुपमा उत्खनन् गरिएको बालुवा र तस्करहरुले उन्मुक्ति पाउने सम्भावना बढ्दै गएकाे छ ।

    अनुगमन समितिले सिल गरेकाे ३५ हजार घनमिटर बालुवाकाे हालकाे जिल्ला दररेट अनुसार राजस्व र मूल्य बापत ६ कराेड ५ लाख ५ हजार २ सय संकलन हुने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस