भदौ ३१, २०७७
चौताराः सिन्धुपाल्चोक केन्द्रबिन्दु आज बिहानै दुई भुकम्प गएको छ। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चे केन्द्रबिन्दु भएको दुई पटक भुकम्प गएको हो। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बिहान ६ रेक्टर स्केलको र ६ः१० बजे ३ः८ रेक्टर स्केलको भुकम्प गएको हो।
निरन्तर प्राकृत्तिक प्रकोलले लपेटको सिन्धुपाल्चोकमा भुकम्पपछि फेरि पहिरोको त्रास बढेको छ। ०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकमा श्रृखलाबद्ध विपत्ती भइरहेको बेलामा भुकम्पपछि पहिरोको जोखिम बढेको बाह्रविसे नगरपालिका ९ का वडाध्यक्ष सानु लामाले बताए।
‘०७१ सालको जुरे पहिरो पहि यही गएको थियो। आजको भुकम्पको केन्द्रबिन्दु नै यही परेपछि स्थानीयमा थप पहिरोको त्रास थपिएकोे छ’ उनले भने, ‘भुकम्पले क्षति भएको जानकारी आएको छैन। अहिले अवस्था सामान्य छ। तर, पहिरोको डर बढ्यो।’
०७१ सालको जुरे पहिरोमा १ सय ४५ जनाको मृत्यु भएको थियो। २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो। भुकम्पमा परेर सिन्धुपाल्चोमा मात्रै ३ हजार ५ सय ७१ जनाको मृत्यु भएको थियो। यसबर्ष पनि सिन्धुपाल्चोक जिल्लामा ठुलो मानविय क्षति भइसकेको छ।
बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका, मेलम्ची नगरपालिकालगायतको क्षेत्रमा पहिरोले ठुलो मानविय र भौतिक क्षति पुर्याएको तंथ्यांक छ।
प्रतिक्रिया दिनुहोस