२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

घुम्थाङ पहिराे पिडितलाई केयर नेपालकाे सहयाेग

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ४ साल अघि
  •  भदाै ३०/२०७७ चाैतारा /घुम्थाङ् बाढी पीडितलाई राहत वितरण गरिएको छ। मंगलबार केयर नेपालको सहयोगमा टुकी संघ सुनकोशीले नगरपालिकाको समन्वयमा पीडितलाई राहत वितरण गरेको हो।

    बाढीमा परी स्थायी आवास गुमाएका ६० घरधुरीलाई भाडाकुडासहित खाद्यान्न सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

    बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनको उपस्थितिमा राहत वितरण भएको हाे । केयर नेपालले सोमबार नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेको थियो भने पीडितलाई नगरपालिकाले मंगलबार सो राहत वितरण गरेको नगरपालिकाले जनाएकाेछ।

    राहत वितरणका क्रममा उपप्रमुख पाख्रिनले सो राहतले आवास र खाद्यान्न नष्ट पारेर विचल्लित भएका पीडितका लागि महत्वपूर्ण भएको भन्दै केयर नेपालले गरेको यो सहयोगको प्रशंसा गरेकी थिइन्।

    गत २८ गते राति घुम्थाङमा गएको पहिरोमा परी १५ जनाकाे मृत्यु भैसकेकाे छ भने १६ अझै बेपत्ता छन् ।  पहिरोमा बाह्रबिसे नगरपालिका-७ भीरखर्कका १० र नागपुजे गाउँका ७ घर पुरिएका थिए। त्यस्तै २२ घरमा क्षति पुगेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस