२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सिन्धुकोटको बस्ती नै पहिरोको जोखिममा

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ४ साल अघि
  • भदौ २९, २०७७
    चौताराः मेलम्ची नगरपालिका ५ सिन्धुकोट गोल्पुटोलमा पहिरोले कारण बस्ती जोखिममा परेको छ । शनिबार राती आएको पहिराले बस्ती नै जोखिममा परेको हो।

    तत्काल बस्ती नसारेमा थप बिपत्तिको आफुहरुले सामना गर्नुपर्ने स्थानीय सुनिल मिजारले बताए। ‘यहाँ नै घर छ। तत्काल अन्यन्त्र नसरे कतिबेला पहिरो आउँछ भन्ने थाहा छैन’ उनले भने।

    सिन्धुकोटकै कमल श्रेष्ठ, चेतकुमारी राना, रामबहादुर राना, कृष्णबहादुर मिजार, डल्ली सार्की र कुमार मिजारको घर पनि जोखिममा छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस