भदौ २९, २०७७७
चौताराः बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ जनाको शव फेला परेको छ । सात महिला र चार पुरुषको शव फेला परेको हो।
शव फेला परेकामध्ये हिरामाया नेवार, जुनु विक, शुकुलाल विक, सन्देश विक, धनलाल नेवार, भक्तिमाया श्रेष्ठ, ल्याङ्सी तामाङ, ज्ञानीमाया प्रधान, सरस्वती विक, करण श्रेष्ठ र सर्किनी नेवारको पहिचान भएको डिएसपी प्रकाश सापकोटाले बताए।
पहिरोमा परेर अन्य २० जना अझै बेपत्ता भएकाको खोजीकार्य भइरहेको उनेले बताए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बेपत्ताको खोज तथा उद्धार कार्यमा जुटिरहेका छन् ।
यी हुन् पहिरोमा बेपत्ता भएकाहरु
पहिरोमा परेर बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, दिलमाया श्रेष्ठ, रीता श्रेष्ठ, कोनियल श्रेष्ठ, नादान श्रेष्ठ, अमृत श्रेष्ठ, मनिला श्रेष्ठ, रियासु शिवभक्ति, रामकुमारी श्रेष्ठ, कुमारी श्रेष्ठ, लालवहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, कुमार विक रहेका छन्।
यस्तै, सोनिया विक, रुपा विक, सिंहवहादुर विक, काठमाडौँ मुलपानी घर भई माईत आएकी रविना श्रेष्ठ, अमृतको घरमा पाहुना आएका एक जना र रविना श्रेष्ठको दुई महिने बालकसहित बीस जना हराईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस