२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

पहिरो अपडेटः १० जनाको शव भेटियो, २१ अझै बेपत्ता

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ४ साल अघि
  • भदौ २८, २०७७
    चौताराः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा परेर मृत्यु हुनको संख्या १० पुगेको छ। बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले अहिलेसम्म १० जनाको शव भेटिएको बताए।

    ‘अहिलेसम्म १० जनाको शव भेटिएको छ। भने अझै २१ जना बेपत्ता छन्। उनीहरुको खोजीकार्य भइरहेको छ’ उनले भने।

    धुम्थाङको नागपुचे र भीरखर्कको पहिरोमा शव भेटिएकाहरुमा ६२ वर्षिया भक्तीमाया श्रेष्ठ, २३ वर्षिया जुनु विक, २४ वर्षिय सुकलाल बिक, २४ वर्षका सन्देश बिक, ८ वर्षिया सर्किनी नेवार, ६५ वर्षका धनलाल नेवार र ६५ वर्षिय टासी शेर्पा, हिरामाया नेवार र ज्ञानीमाया प्रधानको शव भेटिएको छ। भने एक जनाको सनाखत हुन बाँकी रहेको उनले बताए।

    पहिरोमा परेर ३ जना घाइते भएको उनले बताए। घाइतेको सिन्धु सदावहार अस्पताल खाडिचौरमा उपचार भइरहेको उनले बताए। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजीकार्य जारी राखेको उनले जनाए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस