भदौ २७, २०८८
काठमाडौँः कोरोनाभाइरसको महामारीले गरिब देशहरूलाई बाँकी विश्वभन्दा धेरै धक्का दिएको र विश्वव्यापी असमानता बढाइदिएको बीबीसीले गरेको सर्वेक्षणमा देखिएको छ।
तीस हजार मानिसमा गरिएको सर्वेक्षणले मार्च ११ मा महामारी पुष्टि भएयताको ६ महिनामा कसरी विभिन्न देशहरूलाई असर पारेको छ भनेर हेरेको थियो।
महामारीका कारण लकडाउन लागु गरिएपछि त्यसले विश्वभरिका अर्थतन्त्र खलबलिए। गरिब देशहरू अनि युवायुवतीले सबभन्दा धेरै कठिनाइ बेहोर्नु परेको बताए।
आर्थिक धक्का ठूलो
गरिब देशहरूमा ६९ प्रतिशत मानिसहरूले आफ्नो आम्दानी घटेको बताएका छन्। जबकि धनी देशहरूमा ४५ प्रतिशत मानिसहरूले मात्र आम्दानी घटेको बताए।
जातीय तथा लैङ्गिक हिसाबमा पनि महामारीको प्रभाव भिन्न-भिन्न देखिएको छ। पुरुषभन्दा महिला धेरै मर्कामा परेका छन् भने अमेरिकामा श्वेतभन्दा अश्वेत पुरुष धेरै सङ्क्रमित भएका पाइएका छन्।
बीबीसी विश्व सेवाको निम्ति ग्लोबस्यान संस्थाले जुन २०२० मा २७ वटा देशमा सर्वेक्षण गरेको हो। कुल २७,००० भन्दा धेरै मानिसहरूको सर्वेक्षण गरिएको थियो। महामारीले उनीहरूको जीवनमा परेको असरबारे जान्न खोजिएको थियो।
“यो महामारीमा धेरै पटक भनिएको एउटा स्थापित विषय यसमा हामी सबै बराबरी सहभागी छौँ भन्ने थियो,” ग्लोबस्क्यानका प्रमुख कार्यकारी क्रिस कुल्टरले बताए।
“तर हाम्रो सर्वेक्षणमा यसको विपरीत पाइयो। भिन्न देशहरूबीच अनि देशहरूभित्रै पनि पहिलेदेखि अप्ठेरोमा परेकाहरूलाई नै यो महामारीले सबभन्दा कठोर प्रहार गरेको छ।”
असमान संसार
सर्वेक्षणमा गरिब देशका मानिसहरूमा महामारीको गम्भीर प्रभाव परेको पाइयो। धनी देशहरूको समूह ओइसीडीका सदस्य देश तथा गैर सदस्य देशबीच खाडल देखिएको छ। ओइसीडीमा विश्वका ३७ धनी देशहरू छन्।
सर्वेक्षणमा ओइसीडी सदस्य नरहेका देशका मानिसमध्ये ६९ प्रतिशतको आम्दानी घटेको देखियो भने तुलनात्मक रूपमा ओइसीडी सदस्य देशमा यो आँकडा ४५ प्रतिशतमात्र पाइयो।
समग्रमा यो अनुसन्धानमा ल्याटिन अमेरिका, एसिया तथा अफ्रिकाका मानिसहरूले युरोप वा उत्तर अमेरिकाका मानिसहरूभन्दा भाइरसको धेरै असर परेको बताए।
केन्या (९१%), थाइल्याण्ड (८१%), नाइजिरिया (८०%), दक्षिण अफ्रिका (७७%), इण्डोनेशिया (७६%) तथा भियतनाम (७४%) का मानिसहरू वित्तीय रूपमा धेरै प्रभावित भएको पाइयो।
यी देशका निम्न आय भएका मानिसहरू कै अब झन् कम आम्दानी हुने सम्भावना बढेको पाइएको छ। तर अस्ट्रेलिया, क्यानडा, जापान, रुस तथा यूकेका उच्च आय भएका मानिसहरूलाई पनि धेरै आर्थिक धक्का लागेको छ।
पुस्तागत विभाजन
महामारीले युवा तथा वृद्ध उमेरका मानिसबीचको खाडल पनि उजागर गरेको छ। युवा पुस्ताका मानिसहरूले प्रौढ पुस्ताभन्दा धेरै मर्का खेप्नु परेको बताएका छन्। शायद कामको अवसरमा, सामाजिकरणको अवसरमा तथा शिक्षामा परेको महामारीको प्रभावले गर्दा यसो भएको हुनसक्छ।
सन् १९९० को मध्यदेखि सन् २००० को सुरुका वर्षहरूको बीचमा जन्मिएकाहरूमध्ये ५५ प्रतिशत अनि सन् १९८० को सुरुका वर्ष देखि सन् १९९० को सुरुका वर्षहरूको बीचमा जन्मिएकाहरूमध्ये ५६ प्रतिशतले महामारीको उनीहरूको जीवनमा गम्भीर प्रभाव परेको बताए।
यसको तुलनामा सन् १९६५ देखि १९८० को बीचमा जन्मिएकामध्ये ४९ प्रतिशत अनि सन् १९४६ देखि १९६४ को बीचमा जन्मिएकामध्ये ३९ प्रतिशतले मात्र त्यस्तो प्रभाव परेको बताए।
अन्य परिणाम यस्ता छन्:
प्रतिक्रिया दिनुहोस