भदौ २६, २०७७
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको कार्याधिकार स्पष्ट पारिएको छ। शुक्रबार बसेको स्थायी कमिटीको बैठकले दुई नेताको कार्याधिकार स्पष्ट पारेको हो।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको कार्यधिकार अस्पष्ट भएको भन्दै भएको भन्दै पार्टीभित्र विवाद सिर्जना भइरहेको थियो। यस्तोमा शुक्रबारको बैठकले प्रधानमन्त्री ओलीले सरकार र अध्यक्ष दाहालले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री ओलीले पार्टीको बिषयमा हस्तक्षेप गर्न नपाउने निर्णय पनि भएको छ। पार्टी र सरकारबीच सहकार्य गरे सहमतिमा अगाडि बढ्ने निर्णय भएको छ। पार्टीले पनि सरकारका दैनिक काममा हस्तक्षेप नगर्ने निर्णय भएको छ।
सरकारले राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा छलफल र अध्यक्षद्वय ओली दाहालको परामर्शपछि मात्रै निर्णय गर्नुपर्ने भएको छ। आजको बैठकले पार्टीभित्र महिनौँदेखि चलेको सबै विवादको बिषयलाई टुंगोमा पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस