भदौ २३, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लामा यही सालको बर्षायता पहिरोले ५६ जनाले ज्यान गुमा एका छन्। भने २० जना बेपत्ता भएका छन्।
पहिरोमा परी जिल्लाभर १३ जना घाइते भएका छन्। सिन्धुपाल्चोकमा ०७१ सालको जुरे पहिरोपछि निरन्तर ठुला प्राकृतिक बिपत्ती परिरहेका छन्। जुरे पहिरोमा १ सय ४५ जनाको ज्यान गयो। त्यसपछि विनाशकारी भुकम्प, भोटेकोशी बाढी पहिरोलगायत श्रृखलाबद्ध विपत्ती भइहरेका छन्।
यो वर्षको दुई महिनायता सिन्धुपाल्चोकमा दर्नौँ, पहिरोले क्षति गरेको छ। असार २४ गतेको पहिरोले बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्यायो। बाह्रबीसे नगरपालिका ५ जम्बुमा बजार नै बगाउने गरी आएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ जना हराइरहेका छन्।
त्यस्तै सोही दिन भोटेकोशी गाँउपालिका–४ वुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो। साउन १ गते भोटेकोशी गााउपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुर्यो। लामो प्रयासपछि मात्र शव फेला परेको थियो।
साउन १९ गते राति परेको अविरल वर्षका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहलमा सुतेका नौ जना कामदार पहिरोमा पुरिए। एकजनाको तत्काल उद्धार भयो। आठ जना मृत फेला परे। सोही राति पाँचपोखरी थाङ्पाल गाउँपालिका २ वरुवामा एक दमपतीले पहिरोमा परि ज्यान गुमाए।
जुगल गाउँपालिका २ लिदीमा सिंगो गाउँ नै पुरिने गरी आएको लिदी पहिरोमा परी ३७ जनाले ज्यान गुमाएका छन्। २ जना पहिरोमा हराइरहेका छन्।
प्रतिक्रिया दिनुहोस