२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

भुकम्पपछिको पुनर्निर्माण समुदायमा एकीकृत बस्ती आकर्षण

  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • भदौ २२, २०७७
    चौताराः सिन्धुपाल्चोकमा २०७२ सालको भुकम्पपछिको पुननिर्माणमा एकिकृत बस्तीको मोह बढेको छ। सिन्धुपाल्चोकमा हालसम्म १५ वटा एकिकृत बस्ती निर्माण भइरहेका छन्।

    सिन्धुपाल्चोक जिल्ला हालसम्म २२ वटा वटा एकीकृत बस्ती निर्माण तयारी भएको छ। ती मध्ये ४ वटा निर्माणधिन रहेको र ३ वटा बस्ति शुरु गर्ने तयारीमा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का सुचना अधिकारी कृष्ण ज्ञवलीले जानकारी दिए।

    जिल्लामा सुरुवाती चरणमा मेलम्ची नगरपालिका–१२ गिरानचौरमा धुर्मुस सुन्तली फाउण्डेसनले ६५ घरसहितको एकीकृत बस्ती निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको थियो। घरसहित बस्तीमा चिल्ड्रेन पार्क, सामुदायिक भवन, बिजुली, खानेपानी, सडक, गाउँघर क्लिनिकसहितको स्वास्थ्य सेवासहितको बस्तीले जिल्लामा अरु २१ एकीकृत बस्ती निर्माणमा जागरुकता पैदा गर्यो। भूकम्पपछि सिन्धुपाल्चोक जिल्लामा २२ वटा एकीकृत बस्तीमा १ हजार ३ सय २० घर परिवार बसोबास गरिरहेको छन्।

    स्थानीय गैह्र सरकारी संस्था जनहित ग्रामीण सेवा समिति र महिला आत्मनिर्भरता केन्द्रको साझेदारीमा अक्सफामले हेलम्बु गाउँपालिकामा ५८ घरसहितको ह्योल्मो कला झल्कने बस्तीसहित ईन्द्रावती–५ भदौरेमाझीमा ३९ घर, जुगल गाउँपालिका–१ मा १९ घर, भोटेकोशी ट्याङ्थलीमा २३ घर, मेलम्ची नगरपालिका–१२ मा थाक्ले एकीकृत बस्तीमा ३२ घर र तेम्बाथान एकीकृत बस्तीमा ५८ घरसहितको एकीकृत बस्ती निर्माण भएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस