भदौ २०, २०७७
चौताराः बाह्रबिसे नगरपालिका ३ खाग्दल, पलाती, क्षेमादेवी, कर्थली दोलङ्सा हुँदै दोलखा जिल्ला जोड्ने सडक निर्माण सुरु भएको छ। असार २४ गतेको बाढीपहिरो सडक क्षतविक्षत पारेको थियो।
पुर्वसूचना तथा सञ्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहोनबहादुर बस्नेत, नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति बालकृष्ण बस्नेत र स्थानीयको पहलमा सडक निर्माण सुरु भएको हो।
सडक निर्माणका लागि बाह्रबिसे नगरपालिका, प्रदेश सरकारलाई बारम्बार जानकारी गराउदा समेत चासो नदिएको स्थानीयले गुनासो गरेका छन्।
तस्बिरहरु
प्रतिक्रिया दिनुहोस