भदौ १९, २०७७
चौताराः नेपाल चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका नाका ठप्प भएको छ। मालवाहक गाडीहरू छुट्न नसक्दा चाडपर्वका बेला हुने आयात ठप्प भएको हो।
भन्सार विभागका अनुसार असारदेखि नै पहिरोले सडक अवरुद्ध भएका कारण तातोपानी नाका बन्द छ । चीनतर्फका नाका सञ्चालन गर्न भौगोलिक विकटताका कारण चुनौती रहेका बेला प्राकृतिक विपत्ति र महामारीले थप अप्ठ्यारो परेको
भन्सार विभागका निर्देशक शिशिर घिमिरे बताउँछन् ।
दशैंतिहारजस्ता ठूला चाडपर्व नजिकिएसँगै चीनबाट ठूलो परिणाममा सामान भित्रने भएकाले नाका छिट्टै खोलिने भन्सार प्रमुख खड्काले जानकारी दिए ।
चाडपर्वका बेला यी नाकाबाट लत्ताकपडा, इलेक्ट्रोनिक, खेलौनालगायत सामान आयात हुने गरेको थियो । तातोपानी भन्सार कार्यालयका अनुसार पहिरोले बाटो अवरुद्ध हुँदा तातोपानी भएर भित्रिने मालवाहक सवारीसाधन बीच बाटैमा अलपत्र परेका छन् ।
यता सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल नेपाल चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका सञ्चालनका लागि अरनिको राजमार्ग व्यवस्थित गरिने बताउछन्।
बाह्रबिसे भन्दा माथि एकठाउँमा अवरुद्ध भएको स्थिति छ। त्यसलाइ बनाउनका लागि सडक विभागले काम गरिरहेको छ तर पनि बनाको सडक पानी पर्ने बित्तिकै भत्किने समस्याले गर्दाखेरी एकदम अप्ठ्यारो स्थिति सिर्जना भएको छ उनले भने।
‘चिन सरकारको न्यालम प्रान्तसँग असाध्यै राम्रो सम्बन्ध छ । म पहिला पनि सीमा जोडिएको जिल्लामा बसेको भएकाले मित्रराष्ट्रसँग कसरी समन्वय गर्ने भन्ने केही ‘आइडिया’हरू थियो। यसअघि जिल्लामा लामो समयदेखि सुरक्षा बैठक पनि बस्न सकिरहेको अवस्था रहेनछ’ उनले भने, ‘हामीले सहयोगको प्रस्ताव पनि गरेका थियौं । चिनियाँ पक्ष एकदमै सकारात्मक भएर हामीलाई स्वास्थ्य सामग्रीहरू सहयोग गर्नुभयो।’
प्रतिक्रिया दिनुहोस