२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कोरोनाको कहरमा चुनावी झल्को : लकडाउनमा पार्टी प्रवेश गराउनेको लहर

  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ४ साल अघि
  • भदौ १७, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समयमा पार्टी प्रवेश गराउनेको लहर चलेको छ। कोरोनाको महामारी फैलिरहेको बेलामा पछिल्ला दिनमा पार्टी प्रवेशको लहर चलिरहेको छ।

    बुधबार बार्‍हबिसे २ कर्थलीका नेकपा र राप्रपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। बाह्रबिसे नगरपालिका २ ईकाइ समितिको आयोजनामा तत्कालीन माओवादीको तर्फवाट वडा उम्मेदवार महिला नेतृ सरला भण्डारी, राप्रपाका नेता धनसिंह तामाङ, पुर्व माओवादी लडाकु चौतारे तामाङ र नेकपाका निलबिक्रम भण्डारी लगायतका ५० बन्दा बढी युवाहरू नेपाली काँग्रेस प्रवेश गरेका छन्।

    नव प्रवेशीहरुलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेत लगायतका नेताहरूद्वारा स्वागत गरेका छन्।

    यस्तै यसअघि पनि जिल्ला प्रशासन कार्यालयले लकडाउन गरिरहेको बेलामा कांग्रेस र राप्रपाबाट सत्ताधारी दल नेकपामा प्रवेश गराएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस