२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

‘गाउँपालिकाकाे ध्यान विस्थापितकाे स्थायी आवास तर्फ’

  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ४ साल अघि
  • भदौ १७, २०७७
    चौताराः लिदि पहिराे पडितहरुकाे सहयाेगार्थ जुगलबासी युवाहरुकाे सकृयता बढ्न थालेकाे छ । पहिराेले बस्तिनै बस्न याेग्य नभएपछि सुरक्षित आवास खाेज्दै बाँसखर्क पुगेका पहिराे पिडितलाई दैनिक रुपमा विभिन्न सहयाेगी हात मिलिरहेकाे छ ।

    बुधबार जुगल गाउँपालिका-६ नेकपाका स्थानिय नेता चिनलाल श्रेष्ठले केयर नेपालसंग समन्वय गरि ८ ओटा टेण्ड जुगल गाउँपालिका उपाध्यक्ष सृजना तामाङकाे उपस्थितिमा लिदि पहिरो राहत संकलन समितीलाई हस्तानतरण गरेकाछन् ।        साेहि दिन जुगल-४ का युवा एंवम् नेकपा बागमती प्रदेश आर्थिक बिभाग सदस्य इश्वर गुभाजुकाे विशेष पहलमा हार्बिट संस्थाले   खाद्यान्न लगाएत दैनिक उपयाेगका सामग्री सहयाेग गरेकाे छ । उक्त संस्थाकाे प्रतिनिधि राेशनि गाेले तामाङले २० बाेरा चामल ,१सय ३० के.जि दाल, ४० लिटर तेल , ५० के.जि नुन , ५० ओटा त्रिपाल , सेनेटरी प्याड , साबुन , मन्जन जस्ता दैनिक प्रयोग हुने सामग्री राहत संकलन समितिलाइ हस्तान्तरण गरेकी हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस