२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सरकारको निचोड : कोरोना भाइरस समुदायमा फैलिसक्यो

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ १६, २०७७
    काठमाडौंः सरकारले कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको निचोड निकालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा सुरेश तिवारीले कोरोना समुदायमा फैलिसकेको बताएका हुन्।

    देशका १२ वटा जिल्लामा कोरोना समुदायमा पुगेको देखिन्छ। ती जिल्लामा कोरोना आउट ब्रेक भएको छ। १२ वटा जिल्लाका ुहटस्पटु मा हामीले अब परीक्षणलाई बढाउनु आवश्यक छ। तर परीक्षण पनि वैज्ञानिक मापदण्डका आधारमा हुनुपर्छ उनले भने।

    जथाभावी होइन, परीक्षण गर्नुपर्ने क्षेत्र र व्यक्तिको पहिचान गर्नुपर्छ उनले भने, यी क्षेत्रमा कोरोना संक्रमणको जालो तोड्न सकेमा हामीले देशका अन्य भागको संक्रमण रोक्न सक्छौं।

    कोरोना फैलिँदै जाँदा वृद्धहरुमा १ प्रतिशतबाट बढेर संक्रमण दर ४ प्रतिशतमा पुगेको बताए। पछिल्लो समयम ९६ प्रतिशत संक्रमित स्थानीय संक्रमण देखिएको उनले बताए।

    मृत्यु हुने क्रम बढेको छ। वृद्धहरुतिर संक्रमण बढिरहेको छ। हामीले परीक्षण गरेका केसहरुमा पोजेटिभ आउने अवस्था पनि ८।९ प्रतिशतमा पुग्‍न थालेको छ। यसले नेपाल पनि समुदाय संक्रमणको चरणमा गएको त होइन? भन्‍नेतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ उनले भने।

    कोरोनाको भ्याक्सिन बन्ने क्रममा जारी रहेको भएपनि बनिनसकेको बताए। उनले कोरोनाबाट बच्न पहिले आफै सचेत हुनुपर्ने प्रष्टाए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस