२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

मेलम्चीमा कर्मचारीहरुलाई समेत आवतजावतामा रोक

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ १६, २०७७
    चौताराः मेलम्ची नगरपालिकाभित्र आवातजावतमा रोक लगाइएको छ। मा नगस्तरीय स्थानिय कोरोना विपद् व्यवस्स्थापन समितिको बैठक यस्तो निर्णय गरेको छ।

    नगरका कर्मचारीहरुलाई काठमाडौं या कोरोना प्रभावित स्थानहरुमा आवत जावतमा रोक लगाउने निर्णय गरेको नगरप्रमुख डम्बर अर्यालले बताए।

    अति आवश्यक काममा जानै परेमा व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाएर जाने र फर्किएपछि २ हप्ता होम क्वारेन्टाइन तथा संस्थागत क्वारेन्टाइनमा २ हप्ता बस्न लगाउने निर्णयपनि समेत गरेको उनले जनाए।

    प्रभावित जिल्लाहरुबाट मेलम्ची प्रवेशमा नाकाहरुमा कडाइका साथ रोक लगाउने र अतिआवश्यक काम परेर आउनेहरुलाइ होम क्वारेन्टाइनमा बस्नकालागि वडा कार्यालयमा जिम्मा लगाउने निर्णय भएको छ । त्यस्तै भाद्र ९ गतेके निर्णय अनुसारनै बजार खुल्ने र विक्रि वितरण गर्ने निर्णयलाइ भाद्र १७ गतेसम्म यथावत रहने निर्णय समेत गरेको जनाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस