भदौ १५, २०७७
चौताराः नेपालमा आज ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ सय ३ महिला र ५ सय ९६ जना पुरुष गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको स्वास्थ्य मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
यसैगरी काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् ।
यस्तै होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन् । आज ११ हजार १२९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् ।
थप ७ को मृत्यु
नेपालमा कोरोना भाइरसबाट एक ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो ।
महोत्तरीमा ४ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको उनले बताए । यस्तै गोरखामा ६५ वर्षीया र रुपन्देहीमा ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
यसैगरी झापा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस