भदौ १५, २०७७
चौताराः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनासँगको लेभी निर्धारण वार्ता समिती गठन गरेको छ। मेलम्ची खोलाको पानी काठमाडौ पथान्तरण पश्चात् लेभी निर्धारण र अन्य विविध समस्याहरु समाधानका लागि सांसद शेरबहादुर तामाङको संयोजनमा वार्ता समिती गठन गरेको हो।
समिति सदस्यहरुमा बागमती प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलाल, पूर्व राज्यमन्त्री एवम् संविधान सभा सदस्य लारक्याल लामा, संविधान सभा सदस्यहरु दावा तमाङ, डोल्मा तामाङ, चलन बहादुर तामाङबाग्मती प्रदेश सांसदद्वय निमा लामा र इन्द्रमाया गुरुङ रहेका छन्।
यस्तै, जिल्ला समन्वय समिती प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, चौतारा सागाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङ, हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पा, पाँचपोखरी थाङ्पाल गाउँपालिका प्रमुख टासी लामा ह्योल्मो, इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ, रहेका छन्।
यस्तै, बुद्धिजिबी हस्त पण्डित, जिमि लामा, उदय सापकोटा, कानुनबिदबालकृष्ण देउजा, सरोकार समिती ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रमकाअध्यक्ष उपेन्द्र तामाङ, इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालक समितीअध्यक्ष बिष्णुमणी आचार्य छन्।
यसैगरी, ह्योल्मो खानेपानी सरोकार समितिका अध्यक्ष भालु शेर्पा,राजनितीक दलको तर्फबाट नेकपा क्षेत्रीय कमिटी अध्यक्ष मित्रलाल चौलागाईं, नेपालीकाङ्ग्रेस क्षेत्रीय सभापति आईतमान तामाङ,राप्रपा क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहाल रहेका छन।
असार २१ गते स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुसंगको समन्वय बिना खानेपानी मन्त्रालयले पानी पथान्तरणको लागि परिक्षण सुरु गरेकोमा जनप्रतिनिधि र सरोकारवालाहरु मन्त्रालयको उक्त कार्य प्रती रुष्ट भएका छन्। परिक्षणका क्रमश १७ नं गेट टुट्न गै भएको दुर्घटनामा ईन्जिनियर सहित २ जनाले जयान गुमाएका थिए।
प्रतिक्रिया दिनुहोस